विशेष सापटी

परिचयः
सञ्चयकर्ताहरुलाई आइपर्ने वित्तीय आवश्यकतालाई दृष्टिगत गरी वि.सं. २०५७ सालदेखि कोषले विशेष सापटी प्रदान गर्न शुरु गरेको हो ।
दुईवर्ष नियमित कोषकट्टी गरेका सञ्चयकर्ताले सञ्चयकोष रकमको सुरक्षणमा जम्मा भएको कोष रकमको ९० प्रतिशतसम्म रकम सापटीको रुपमा उपयोग गर्न सक्ने व्यवस्था रहेको छ ।
कोषका उपत्यकास्थित ठमेल कार्यालय, सेवा केन्द्र लगनखेल, सेवा केन्द्र सिंहदरवार लगायत देशभर रहेका सबै शाखा कार्यालय तथा सेवा केन्द्रहरुमा भौतिक रुपमा उपस्थित भएर यो सापटी लिन सकिन्छ । २०७७ जेष्ठबाट सञ्चयकर्ताले अनलाइनबाटै विशेष सापटी आवेदन दिन सक्ने र सोझै निजको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।
योग्यता तथा अवस्थाः
नियमित २ बर्ष कोष कट्टी गरेको सञ्चयकर्ताले यो सापटी लिन सक्नेछन् भने सापटी लिएको १ बर्षमा पछि पुनः फरक सापटी लिन सकिने व्यवस्था रहेको छ । साविकमा लिएको साँवा, ब्याज सहितको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पनि पुनः सापटी लिन सकिनेछ ।
आवश्यक कागजातहरू
(कोषको कार्यालयमा उपस्थित भएर विशेेष सापटी आवेदन गर्न):
- सम्बन्धित कार्यालयबाट प्रमुखले प्रमाणित गरेको दरखास्त फारम,
- कोषको परिचय पत्रको सक्कल प्रति तथा प्रतिलिपि
अनलाइन विशेष सापटीः
- सञ्चयकर्ताले https://login.epf.org.np/ वा कोषको एप (EPF Application) मा लगइन गरेर कोषकट्टी रकमको ९० प्रतिशतसम्म विशेष सापटी अनलाइन मार्फत प्राप्त गर्न सक्ने ।
- आफ्नो कार्यालयको Office KYC तथा आफ्नो individual KYC विवरण अनिवार्यरूपमा अद्यावधिक रहेको हुनुपर्ने ।
- आवेदन दिंदा दरखास्त फाराम upload गर्नु नपर्ने ।
अनलाइन सापटी फिर्ताः
- KYC Update गरेका सञ्चयकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा तथा घर मर्मत सापटीको साँवा तथा ब्याज NCHL Connectips वा मोबाइल बैंकिंग मार्फत् आफ्नो बैंक खाताबाट सोझै सञ्चय कोषमा तिर्न सक्ने ।
- यो प्रणालीबाट साँवा–ब्याज जम्मा गर्दा रकम Transfer भएकै समयमा लेखांकन भई कर्जा रकम घट्ने ।