सरल सापटी

उद्देश्य:
- सामाजिक कार्य लगायत अन्य भैपरी आउने कार्यको लागि ।
सीमा:
- दश वर्षसम्म सेवा अवधि बाँकी रहेको अवस्थामा दश वर्षको तलबमान बराबरको रकम,
- दश वर्ष भन्दा बढी सेवा अवधि बाँकी रहेको अवस्थामा पन्ध्र वर्षको तलबमान बराबरको रकम,
- बाँकी सेवा अवधिको अधारमा तलवमानबाट कायम रकम र धितो मूल्यांकनबाट कायम हुने रकममा जुन कम हुन्छ सोहि रकम सापटीको अधिक्तम सीमा कायम हुने,
- सापटीको अधिकतम सीमा रु. ६० लाख भन्दा बढी नहुने ।
सापटी प्राप्त गर्ने योग्यता:
- कम्तीमा २ बर्ष नियमित कोष कट्टी रकम जम्मा गरेको
- कोष कट्टी नियमित रहेको ।
- अवकाश हुन न्यूनतम २ बर्ष सेवा अवधि बाँकी रहेको ।
धितोः
- सञ्चयकर्ता स्वयम् वा निजको पति/पत्नी वा दुवैजनाको संयुक्त नाममा भएको जग्गा/ घरजग्गा,
- कोषले तोकेको क्षेत्र भित्रको जग्गा/घरजग्गा ।
बाटोको मापदण्डः
- काठमाडौं उपत्यकाको हकमा घर समेत धितो रहने भएमा कम्तीमा आठ फिट,
- जग्गा मात्र धितो रहने भएमा कम्तीमा बाह्र फिट,
- काठमाडौं उपत्यका बाहिरको हकमा कम्तीमा बाह्र फिट ।
धितो रहने जग्गाको न्युनतम क्षेत्रफल (मूल्याङ्कनबाट कायम हुने):
- महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्रको हकमा साढे दुई आना वा पाँच धुर,
- गाँउपालिका भित्रको जग्गाको हकमा चार आना वा साढे सात धुर ।
सापटी उपयोग गर्नुपर्ने अबधि
- सापटी स्वीकृति मितिले छ महिनाभित्र पहिलो किस्ता उपयोग नगरेमा स्वतः रद्द हुने ।
शुल्कः
- व्यवस्थापन शूल्क – दुई हजार रुपैयाँ (फिर्ता नहुने)
- मूल्याङ्कन शूल्क – पाँच हजार रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) र थप सापटी प्रवाह गर्ने प्रयोजनको लागि प्रत्येक पटकको दुई हजार रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) मात्र
- काठमाण्डौं उपत्यका (काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला) र कोषको कार्यालय रहेको जिल्ला बाहेक अन्य जिल्लामा गई धितोको मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्दा थप एक हजार रुपैयाँ मात्र (मूल्य अभिबृद्धि कर बाहेक) ।
निवेदन साथ संलग्न हुनुपर्ने कागजातहरुः
- सञ्चयकर्ताको कार्यालयबाट सिफारिस भएको सरल सापटी आवेदन फाराम,
- एकासगोलको श्रीमान/श्रीमति, साबालक छोरा, छोरीको नागरिकताको प्रमाणित प्रतिलिपि,
- कोषको परिचय पत्र र KYC विवरणको प्रमाणित प्रतिलिपि,
- नाता खुल्ने प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
- तलवमान र अवकाश मिति खुलेको सक्कल पत्र,
- जग्गाधनी प्रमाणपूर्जा प्रतिलिपि,
- जग्गा/घरजग्गा प्राप्तिको स्वामित्व सम्वन्धी लिखत,
- कोषको नाममा जारी भएको धितो रहने घरजग्गाको नापी नक्सा तथा ट्रेस पेपरको सक्कल प्रति, (बढीमा तीस दिन अघी जारी भएको),
- स्थानीय तहबाट जारी भएको बाटो खुलेको चारकिल्लाको सक्कल पत्र (बढीमा तीस दिन अघी जारी भएको),
- चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिदको प्रमाणित प्रतिलिपि,
- घर समेत धितो रहने भएमा स्थानीय तहबाट घर बाटो स्पष्ट हुने गरी घर बनाउन दिएको स्वीकृत पत्र,
- घर समेत धितो रहने भएमा घरको नक्साको प्रमाणित प्रतिलिपि (Ite Plan/lEevation Plan सहित),
- घर समेत धितो रहने भएमा निर्माण सम्पन्न वा आंशिक निर्माण सम्पन्न प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (निर्माण अवधि समाप्त भैसकेको भएमा),
- सञ्चयकर्ताको एकासगोलको घर, जग्गा, शेयर, ऋणपत्र, बैंक वित्तीय संस्थामा रहेको नगद, कर्जा लगायतको सम्पत्ति तथा दायित्वको विवरण,
- धितो रहने जग्गाको सिमाना र बाटो समेत देखिने गरी हालसालै खिचेको फोटो,
- कोषले आवश्यक ठानेको अन्य कागजात ।
जग्गा/घरजग्गाको धितोमा आधारित सापटी प्रवाह प्रयोजनको लागि धितो लिन सकिने क्षेत्रहरु [click here]