पेन्सन र उपदान

योजनाका विशेषताहरू:
- २०७६ श्रावण १ पछि स्थायी नियुक्त हुने निजामति सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी वल, नेपाल र नेपाल विशेष सेवाका कर्मचारीहरुका लागि योगदानमूलक निवृत्तभरण योजना लागु भएको ।
- यस योजनामा सहभागी हुने कर्मचारीले मासिक तलबवाट ६ प्रतिशत कट्टा गरिने र सोही अनुपातमा नेपाल सरकारको योगदान हुने ।
- प्रत्येक ३ बर्षमा निवृत्तभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक सम्म बढ्ने ।
- २० बर्ष सेवा अवधि पुरा नहुँदै सेवामा नरहेमा कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम एकमुष्ठ भुक्तानी पाउने ।
- २० बर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुको व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तिभरण कोष ऐन, २०७५ मा भएको व्यवस्था अनुरुप भुक्तानी पाउने ।
योजनामा सामेल हुने प्रक्रिया:
- निवृत्तभरण योजनामा सहभागी हुने कर्मचारीले कोषबाट तोकिएको प्रक्रिया अवलम्बन गरि KYC अद्यावधिक गरी UCIN नम्बर लिने र सम्बन्धित कार्यालयमा जानकारी गराउने ।
- सम्बन्धित कार्यालयले अनिवार्यरुपमा कोषको Web Entry Access प्राप्त गर्ने ।
- निवृत्तभरण योजना अनुरुप रकम तोकिएको बैंकमा रकम जम्मा गरि सम्बन्धित कार्यालयले Web Entry मार्फ डिजिटल बिबरण पठाउने र कोषबाट पठाइएको -अनलाईन) रसिद सुरक्षित रुपमा राख्ने ।
- कोषबाट बैंक बिबरण तथा सम्बन्धित कार्यालयबाट पठाइएको डिजिटल बिबरण रुजु गरेर निवृत्तभरण योजनामा सहभागी हुने कर्मचारीको व्यक्तिगत खातामा लेखांकन गर्ने ।
- निवृत्तभरण योजनामा सहभागी हुने कर्मचारीको व्यक्तिगत खाताको बिबरण अनलाईन मार्फ नियमित रुपमा हेर्ने ।
- अन्य कार्यालयमा सरुवा भइ वा पदस्थापन हुँदा कर्मचारीको UCIN नम्बर सम्बन्धित कार्यालयमा जानकारी गराउने ।
निवृत्तिभरण योजनामा सहभागी कर्मचारीहरूको जिम्मेवारीहरू
- कर्मचारी संचयकोष संग सिधै सर्म्पर्क गरी वा सम्बन्धित किताबखानासंगको समन्वयमा परिचय पत्र नम्बर लिने ।
- परिचयपत्र नम्बर लिएर अनिवार्यरुपमा अनलाइन KYC अद्यावधिक गर्ने र Submission नम्बर लिने ।
3. प्राप्त Submission नम्बर लिई नजिकैको संचयकोष कार्यालयबाट वा सम्बन्धित कर्मचारीको कार्यालयमा सम्पर्क गरी KYC नम्बर 'UCIN' अनिवार्य रुपमा लिने र निवृत्तभरण कट्टा गर्ने सम्बन्धित कार्यालयमा प्रदान गर्ने ।
- कुनै पनि समयमा कार्यालय परिवर्तन भएमा उक्त UCIN नम्बर सरुवा भएको कार्यालयमा प्रदान गर्ने ।
निवृत्तिभरण योजनामा सहभागी कर्मचारीको जिम्मेवारी
- कर्मचारी संचयकोषबाट कार्यालयको KYC अध्याबधिक गरि Web Entry को लागी Username र Password प्राप्त गर्ने हाल अनलाइन सुबिधा लिइसकेको कार्यालयले संस्थागत KYC अद्यावधिक मात्र गर्दा पुग्ने) ।
- निवृत्तभरण योजनामा सहभागी कर्मचारीले भरेको KYC को Submission नम्बर लाई Web Entry बाटै UCIN नम्बर प्राप्त गरिदिने र KYC रुपमा अध्याबधिक गराउन जानकारी गराउने ।
- निवृत्तभरण योजनामा सहभागी कर्मचारीहरुको मासिक बिबरण कोषको Web Entry मार्फत फाँटवारी तयार गरी फाँटवारी Receipt number लिने। Receipt number समेत समावेश गरी बैंक भौचर जम्मा गर्ने वा रकमान्तर गर्ने । उक्त बैंक भौचर बिबरण पुनः कोषको Web Entry मा इन्ट्री गरी निवृत्तभरण कोषमा बिबरण जम्मा भएको रसिद लिने र सुरक्षित राख्ने । (हार्डकपि कोषमा पठाउनु नपर्ने) ।
- निवृत्तभरण योजनामा सहभागी कर्मचारीहरुको पठाएको बिबरणको एक प्रति कार्यालयमा सुरक्षित राख्ने ।
सम्बन्धित सेवाहरू
माफ गर्नुहोस्, देखाउनका लागि कुनै सम्बन्धित सेवाहरू छैनन्।