कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo
...

दुर्घटना क्षतिपूर्ति योजना

Accident compensation scheme

(क) परिचयः 

वि.सं. २०५२ सालबाट यो योजनाको शुरुवात भएको हो । दुर्घटनामा परी सेवाकालमा सञ्चयकर्ताको मृत्यु वा पूर्ण अंगभंग भएमा निज वा निजको हकवालालाई आर्थिक सहयोग प्रदान गर्ने गरी यो योजना शुरु गरिएको हो । दुर्घटना भएको मितिमा कम्तीमा तीन महिना नियमित रुपमा कोषकट्टी गरेको सञ्चयकर्ता वा निजको हकवालाले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।


(ख) प्राप्त हुने सुविधाः 

सञ्चयकर्ता सेवाकालमा दुर्घटनामा परी मृत्यु भएमा वा पूर्ण अङ्गभङ्ग भएमा सञ्चयकर्ता वा निजको हकवालालाई दुर्घटना क्षतिपूर्ति वापत दुई लाख रुपैयाँ भुक्तानी दिन सकिनेछ र आंशिक अङ्गभङ्ग भएमा उपविनियम (४) को समुह “क” को लागि पच्चिस हजार रुपैयाँ, समुह “ख” को लागि पन्ध्र हजार रुपैयाँ र समुह “ग” को लागि दश हजार रुपैयाँ भुक्तानी दिन सकिनेछ ।


(ग) प्रकृयाः 

यो सुविधा ठमेलस्थित निवृत्तभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग र कोषका सबै शाखा कार्यालय तथा सेवा केन्द्रमार्फत लिन सकिन्छ ।


(घ) आवश्यक कागजातहरुः

(१) रितपुर्वक भरिएको निवेदन,

(२) सम्बन्धित प्रहरी कार्यालयबाट दुर्घटना प्रमाणित गरिएको प्रतिवेदन (घटनास्थल प्रकृति मुचुल्का),

(३) सम्बन्धित कार्यालयले लेखेको निज स्थायी कर्मचारी रहेको विवरण खुलेको पत्र,

(४) सञ्चयकर्ता वा निजको हकवालाले घटनाबारे कोषलाई जानकारी दिएको पत्र,

(५) अङ्गभङ्ग भएको सञ्चयकर्ताको हकमा चिकित्सकले प्रमाणित गरेको दुर्घटनाको कारण तथा अङ्गभङ्गको प्रकृति समेत खुलेको प्रतिवेदन, 

(६) मृतक सञ्चयकर्ताको हकमा चिकित्सकले प्रमाणित गरेको मृत्युको कारण समेत खुलेको पोष्टमार्टम रिपोर्ट, 

(७) मृतक सञ्चयकर्ताको हकमा मृत्यु दर्ता प्रमाणपत्र,

(८) मृतक सञ्चयकर्ताको हकमा सञ्चयकर्ता बहाल रहेको कार्यालयले दिएको मृत्यु खाली पत्र,

(९) सञ्चयकोष परिचयपत्र र नागरिकता वा परिचय खुल्ने फोटो सहितको परिचयपत्रको प्रतिलिपी,

(१०) हकवालाको हकमा नाता प्रमाणित पत्र, हकवालाको नागरिकता वा राहदानी वा सरकारी निकायबाट जारी भएको फोटो सहितको परिचय खुल्ने परिचय पत्रको प्रतिलिपी,

(११) हकवालाले क्षतिपुर्ति दावी गरेको अवस्थामा सम्बन्धित सञ्चयकर्ता आफैले दावी गर्न नसक्नाको कारण र सोलाई पुष्टि गर्ने प्रमाण,

(१२) सञ्चयकर्ता आफैले चलाएको सवारी साधन दुर्घटना भएको अवस्थामा निजको सवारी चालक अनुमति पत्रको प्रतिलिपी,

(१३) आवश्यकतानुसारका सम्बन्धित अन्य कागजात 

दुर्घटना क्षतिपूर्ति दावी फाराम  https://epf.org.np/resource/7 बाट डाउनलोड गर्न सकिन्छ ।

wpChatIcon
wpChatIcon