कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo

सेवाहरू

1. इ–सर्भिस खाता खोल्न के गर्नु पर्ला ?

@ कोषको वेभसाइटबाट Individual KYC फाराम भरी submission नम्बर सहितको print लिएर नजिकको सञ्चयकोष कार्यालयमा गई biometric लिएपछि KYC विवरण अद्यावधिक गर्न सकिन्छ । यसका लागि आवश्यक कागजात तथा अन्य विवरणः

· नागरिकताको प्रतिलिपि

· कोष परिचयपत्र

· बैंक खाता नम्बर

· PAN नम्बर

त्यसपछि प्राप्त हुने UCIN/KYC नं सुरक्षित राख्नुपर्छ ।

2. SMS सेवा लिन के गर्नु पर्दछ?

KYC विवरण अध्यवधिक गरीसकेपछि सञ्चयकर्ताको Mobile No. मा Username तथा Password सहितको SMS आउछ |

त्यसपछि SMS सेवा स्वत उपलब्ध हुन्छ ।

3. SMS Service बाट आफ्नो जम्मा भएको रकम कसरी हेर्न सकिन्छ?

कोषको E-Service सेवा प्रयोगकर्ताहरुले आफ्नो मोबाइलको message box मा PIN_Code BAL टाईप गरी 35750 मा पठाई आफ्नो कोष तथा कर्जा (विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत) सम्बन्धी विवरणको SMS Response प्राप्त गर्न सकिने छ । हाललाई NTC का GSM मोबाइल प्रयोगकर्ताका लागि मात्र यो सेवा उपलब्ध छ ।

4. Individual KYC विवरण अध्यावधिक गर्न के गर्नुपर्छ?

सर्वप्रथम कोषको वेबसाईट www.epfnepal.com.np मा गएर सञ्चयकर्ता स्वयंले KYC विवरण भरी Submit गर्नुपर्छ । KYC विवरण Submit गरिसकेपछि प्राप्त हुने Submission Number तथा KYC विवरणको Print लिएर सम्बन्धित कर्मचारी स्वयं कोष कार्यालयमा गै आफ्नो Photo, Signature तथा Thumb Impression लाई Register गराउनु पर्दछ । यति गरिसकेपछि सम्बन्धित सञ्चयकर्ता निजको E-mail र Mobile नम्बरमा User Name तथा Password प्राप्त हुन्छ ।
5. Office KYC विवरण अध्यावधिक गर्न के गर्नुपर्छ?

कोष कट्टी गरि पठाउने कार्यालयले कोषको वेबसाईट www.epfnepal.com.np मा गएर त्यहाँ रहेको Office KYC मा Click गरी Office KYC विवरण भर्नुपर्दछ । भरिएको विवरण Submit गरेपछि Office KYC मा भरेको E-mail मा विवरण सहितको Link प्राप्त हुनेछ, सो Link मा Click गर्नुपर्दछ । यति गरेपछि सो विवरण Verification को लागि कर्मचारी सञ्चय कोषमा पुग्दछ । सञ्चय कोष कार्यालयबाट सो Office KYC विवरण स्वीकृत भएपछि सम्बन्धित कार्यालयको E-mail मा User Name तथा Password प्राप्त हुनेछ ।

6. मैले सञ्चय कोषको परिचयपत्र बनाउन के गर्नुपर्छ ?

@ कार्यालयको सिफारीस सहित कोषको कार्यालयमा गई परिचयपत्र लिन सकिन्छ ।

7. सञ्चयकोषमा जम्मा भइरहेको आफ्नै पैसा सापटी स्वरुप निकाल्दा पनि उल्टै ब्याज तिर्नुपर्ने किन?

@ सञ्चय कोष एक अवकास कोष भएकाले यसमा जम्मा भएको पैसा अवकास पछि मात्रै निकाल्न मिल्ने हुनाले सञ्चयकर्ताको सेवाकालीन आर्थिक आवश्यकता पूर्ति गर्नका लागि विशेष सापटी प्रदान गरिन्छ । कोषमा जम्मा भएको रकम मध्येबाट नै बिषेश सापटी दिदा कोष रकमलाई धितोको रुपमा रहन्छ र जम्मा को ८० प्रतिशत सम्म सापटी प्रबाह हुन्छ | कोष मा जम्मा रहेको सम्पूर्ण रकम (१०० प्रतिशत मा कोषले ब्याज प्रदान गर्छ र लिएको ८० प्रतिशत मा ब्याज लिन्छ) जम्मा रकममा दिइने ब्याज र सापटीमा लिइने व्याजको छुट्टाछुट्टै हिसाब राखिन्छ ।

8. मेरो कार्यालयबाट सञ्चय कोषमा फाँटवारी पठाउँदा मेरो दुईवटा खातामा पैसा जम्मा भएको रहेछ । एउटै खातामा जम्मा गर्न के गर्नुपर्ला ?

कोषको Website बाट खाता एकीकरण फाराम download गरी फाराम भरेर कार्यालयको सिफारिस लिएर कोषको नजिकैको कार्यालयमा सम्पर्क गरी खाताहरु एकीकृत गर्नसक्नुहुन्छ ।

9. क.सं.कोषमा नयाँ संस्था दर्ता गर्नका लागि के के प्रक्रिया अपनाउनुपर्छ?

@ सञ्चयकर्ता प्रबद्र्घन महाशाखा, ठमेल वा सम्बन्धित शाखा कार्यालयहरुमा तोकिएको कागजात सहित सम्पर्क गर्ने ।

10. मैले विशेष सापटी Online मार्फत भर्न खोज्दा error देखाउँछ किन होला ?

@ Error देखाउने कारण निम्न हुन सक्छन्

· सञ्चय कोषमा रकम जम्मा भएको २ वर्ष नपुगेको ,

· पछिल्लो पटक सापटी लिएको मितिले १ वर्ष पूरा नभएको,

· कोषबाट धितोमा आधारित अन्य सापटी लिएको भएमा,

· KYC मा भएको बैंक खाता नं., जन्म मिति, नागरिकता जारी मिति वा कोषकट्टी मिति मध्ये कुनै विवरण गलत भएमा । यी विवरण सच्याउनको लागि कोषको कार्यालयमा गई KYC विवरण edit form भरेर बुझाउन सकिन्छ ।

11. मैले Online Service मार्फत statement हेरेर तिर्न बाँकी Loan बैंकमा गएर तिरँे । पछि सञ्चय कोषमा गएर बुझ्दा केही रकम अझै तिर्न बाँकी देखियो । यस्तो किन भएको होला ?

@ आ.व. सकिएपछि आउने लेजरमा मात्रै कोष तथा सापटी रकममा व्याज गणना गरिएको हुन्छ । त्यसैले सापटी तिर्दा कोष कार्यालयमा सम्पर्क गरी वा Connectips मार्फत तिर्नुहुन अनुरोध छ ।

12. मेरो हालसालै नियुक्ति भएको हो । सञ्चयकोषमा रकम पठाउँदा २ थरी रकम पठाउनुपर्ने रहेछ । किन होला ?

@ एउटा रकम सञ्चय कोष बापतको रकम हो भने अर्को रकम योगदानमा आधारित निवृत्तभरणको रकम हो ।

13. मैले घर सापटीको लागि आवेदन दिएको १ हप्ता भयो । मेरो File कुन चरणमा पुग्यो भनी अनलाइनबाट थाहा पाउने व्यवस्था छैन?

@ अहिलेसम्म यस्तो व्यवस्था छैन । फाइलको काम सकिएपछि यहाँलाई क.सं.कोषबाट सम्पर्क गरिनेछ ।

14. मैले Online service को username तथा password बिर्सिएँ । कसरी reset गर्ने?

@ कोषको website मा गई Login click u/]/ individual login df जानुहोस् । त्यहाँ Forgot password मा click गरेपछि user id तपाईको नाम र जन्म मितिको विवरण भर्नुहोस् । त्यसपछि मोबाइलमा आएको OTP प्रविष्ट गरी नयाँ password परिवर्तन गर्न सक्नुहुन्छ ।

15. म सेवा निवृत्त भएँ । मैले क.सं. कोष परिचयपत्र सहित अवकाश पत्र पनि सञ्चय कोषमा बुझाइसकें । सँगै बुझाएको मेरो साथीको खातामा पैसा आइसक्यो तर मेरो खातामा आएन । किन होला ?

@ तपाईको बैंक खाता निष्क्रिय भएको वा बैंक खातामा कुनै समस्या भएको हुन सक्छ । यसको समाधानका लागि स्वयम् उपस्थित भई कोष कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

16. सञ्चय कोषको सापटी तिर्न के गर्नुपर्छ?

@ · Connectips User हरुले semi-government payment मा गई कोषको UCIN नं. प्रविष्टि गरी रु ५००० भन्दा बढी आफूले चाहेजति रकम तिर्न सक्नुहुन्छ

· साथै हिमालयन बैंक,माछापुच्छ्रे बैंक वा एन.आई.सी. एसिया बैंकका जुनसुकै शाखामा गई सञ्चय कोषको सापटी भौचरमा कोषको UCIIN नं. प्रविष्ट गरी रु ५००० भन्दा बढी आफूले चाहेको जति रकम तिर्न सक्नुहुन्छ ।स्वयम् उपस्थित भई कोष कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

17. हामी श्रीमान श्रीमती नै सञ्चयकर्ता हौं । के मैले प्रसूति स्याहार खर्च र श्रीमतीले सुत्केरी खर्च लिन मिल्छ?

@ प्रसूति स्याहार खर्च सुत्केरी आमा र बच्चा को स्याहार गर्नका लागि दिइने रकम भएकाले श्रीमान श्रीमती दुवै सञ्चयकर्ता भएपनि प्रसुति स्याहार खर्च १ जनाले मात्र पाउने व्यवस्था रहेको छ ।

18. हामी श्रीमान श्रीमती नै सञ्चयकर्ता हौं । के मैले प्रसूति स्याहार खर्च र श्रीमतीले सुत्केरी खर्च लिन मिल्छ?

@ प्रसूति स्याहार खर्च सुत्केरी आमा र बच्चा को स्याहार गर्नका लागि दिइने रकम भएकाले श्रीमान श्रीमती दुवै सञ्चयकर्ता भएपनि प्रसुति स्याहार खर्च १ जनाले मात्र पाउने व्यवस्था रहेको छ ।

19. हामी श्रीमान श्रीमती नै सञ्चयकर्ता हौं । के एउटै धितोबाट हामी दुवै जनाले घर सापटी लिन सक्छौं?

@ धितो मूल्याङ्कनले खामेको अवस्थामा कोषले प्रदान गर्ने सापटीको सीमा ननाघ्ने गरी दुबै जनाले एउटै धितोबाट घर सापटी लिन सकिन्छ ।

20. मैले कार्य गर्ने संस्थाले सञ्चय कोषमा रकम पठाउन बन्द गरेको छ ? सञ्चय कोषमा जम्मा रकम लिन मिल्छ कि मिल्दैन ? मिल्छ भने के गर्नु पर्छ ?

@ · सञ्चय कोष दाखिला शुरु र बन्द गरिएको मिति र बन्द गरिनाको कारण खुल्ने पत्र । (सामाजिक सुरक्षा कोषमा आबद्ध भएको भए सो को पत्र)

· सञ्चय कोष परिचय पत्र सक्कल ।

· व्यक्तिगत KYC Update भएको हुनुपर्ने ।

· नागरिकता प्रमाणपत्र ।

Latest News

wpChatIcon
wpChatIcon