कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo

योगदानकर्ता स्वास्थ्य सेवा योजना जानकारी

  1. सञ्चयकर्ता स्वास्थोपचार योजना भनेको के हो ?

सञ्चयकर्ता वा निजको पति वा पत्नी अस्पताल भर्ना भई उपचार गराउँदा भएको खर्चको सोधभर्ना सञ्चयकर्ता वा निजको हकवालालाई प्रदान गरिने सुविधा नै सञ्चयकर्ता स्वास्थोपचार सुविधा हो ।

कोषले २०७० साल बैशाखदेखि ‘सञ्चयकर्ता औषधोपचार योजना’ कार्यान्वयन गरेको हो । वि.सं. २०७६ मंसिर १ देखि कोषले नै यो कार्यक्रम व्यवस्थापन गर्दै आएकोमा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरिएको छ ।

  1. यस सुविधाले क कसलाई समेट्दछ ?

अस्पताल भर्ना भएको अवस्थामा कोषमा कम्तिमा छ महिना अघि देखि नियमित रुपमा सञ्चय कोषकट्टी रकम जम्मा गरीरहेका सञ्चयकर्ता वा निजको पति/पत्नीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

  1. यस सुविधा प्राप्त गर्न सञ्चयकर्तालाई कुनै प्रकारको आर्थिक दायित्व पर्छ ?

यस योजनाबाट सञ्चयकर्तालाई कुनै प्रकारको आर्थिक दायित्व पर्दैन । सम्पूर्ण दायित्व कोषले नै व्यहोर्दछ ।

  1. उपचार गरेको खर्चको दावी गर्न अस्पतालमा भर्ना भएकै हुनु पर्दछ की पर्दैन ?

सञ्चयकर्ता वा निजको पति/पत्नी कम्तिमा २४ घण्टाको लागि अस्पताल भर्ना भई उपचार गरेको हुनु पर्दछ । तर, बिशेष अवस्थामा सम्बन्धित चिकित्सकको सिफारिसमा अस्पताल भर्ना भएको २४ घण्टा अगावै डिस्चार्ज भए समेत दावी गर्न पाइनेछ ।

  1. कस्ता कस्ता अस्पतालमा उपचार गरेको खर्चको दावी गर्न पाईन्छ ?

कोषले तोकेका अस्पतालमा गराएको उपचारको खर्चको दावी गर्न पाइन्छ । ती बाहेक अन्य अस्पतालमा गराएको उपचार खर्चको दावी गर्न पाइनेछैन ।

अस्पतालको लिस्ट हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://epf.org.np/resource/7

  1. साधारण रोगको उपचार गराउँदा कति रकम सोधभर्ना पाईन्छ ?

एक आर्थिक वर्षमा दुई पटक नबढ्ने गरी अस्पताल भर्ना भई उपचार गरेका सञ्चयकर्ता वा निजको पति/पत्नीलाई साधारण रोगको उपचारमा १ लाख रुपैयाँसम्म ।

  1. घातक रोग भनेको के हो ?

घातक रोग भन्नाले देहायका रोगहरु सम्झनुपर्दछ ।

  1. A) Cancer

            ‘Cancer’ shall include all malignancies

  1. B) Heart Attack 

            ‘Heart attack’ shall include

  1. C) Brain Hemorrhage
  1. D) Kidney Failure and diseases with risk of failure- Including Treatment and transplantation

‘Kidney Failure and diseases with risk of failure’ shall include

But Shall NOT include AKI not requiring dialysis

  1. E) Lungs Transplantation
  1. F) Liver damage          

‘Head injury’ shall include ONLY

But shall NOT include Trauma to scalp or head with transient symptoms or without neurological symptoms due to head injury

‘Spinal injury’ shall include

But shall NOT include PIVD

  1. I) Paralysis

‘Paralysis’ shall include

But shall NOT include TIA, Bell’s Palsy, incidental infarcts seen on imaging/incidental small vessel disease

  1. J) Parkinson

‘Parkinson’ shall include Idiopathic Parkinson’s Disease diagnosed by Neurologists or consultants AND receiving the treatment for the same

‘Sickle cell anemia’ shall include treatments for

But Shall NOT include Sickle Cell Traits

  1. L) Alzheimer’s and related diseases

‘Alzheimer’s and related diseases’ shall include

But shall NOT include other causes of delirium and dementia

  1. घातक रोग अन्तर्गत कति रकम सोधभर्ना पाईन्छ ?

घातक रोगको लागि सञ्चयकर्ता वा निजको पति/पत्नी समेतलाई सेवा अवधिभरमा दश लाख रुपैंयाँमा नबढ्ने गरी दावी गरेको खर्च रकमसम्म औषधि उपचार बापतको शोधभर्ना हुनेछ । जसमा देहायबमोजिमको खर्चको सीमा लागु हुनेछ ।

  1. घातक रोगको उपचारका क्रममा लागि भएको सम्पूर्ण खर्च दावी गर्न मिल्छ ?

तोकिएको ‍अस्पतालमा भर्ना भई डिस्चार्ज नभएसम्मको अवधि र Follow Up को क्रममा चिकित्सकले परीक्षण वा उपचार गरेको दिनको खर्चमात्र दाबी गर्न पाइनेछ ।

  1. स्वास्थ्य उपचार सुविधा दावी गर्दा के के कागजात पेश गर्नुपर्छ?
  1. योजना अन्तर्गत शोधभर्ना नहुने खर्च तथा अवस्था के के हुन् ?

देहायका खर्चहरु स्वास्थ्य उपचार योजना अन्तर्गत शोधभर्ना गरिने छैन :

  1. उपचारको क्रममा बिरामीको मृत्यू भएमा के हुन्छ ?

उपचारको क्रममा बिरामीको मृत्यु भएमा मृत्यु हुनु भन्दा अघि भएको उपचारको खर्च कानून बमोजिमको हकवालाले दावी गर्न सक्दछ ।

  1. म नियमानुसार अवकाश भईसकेँ, अव म विरामी भई अस्पताल भर्ना भई उपचार गराए भने दावी गर्न पाउदिन ?

बहालवाला सञ्चयकर्ताले मात्रै यो सुविधा प्राप्त गर्नेछन् । तर सेवाअवधिका कारणले अनिवार्य अवकाश भएका सञ्चयकर्ताले अवकाश हुनु अगावै अस्पताल भर्ना भई उपचार गराएको भए त्यस्तो खर्च नियमानुसार दावी गर्न सकिने छ ।

  1. उपचार खर्च कति समयभित्र दाबी गर्न सकिन्छ ?

अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिना र उपचारको क्रममा विरामीको मृत्यु भएको हकमा तीन महिनाभित्र कोषमा दाबी गरिसक्नुपर्नेछ ।

  1. दावी भूक्तानीको लागि कति समय लाग्दछ ?

सामान्यतय तीन महिनाभित्र दावी भुक्तानी हुनेछ।

  1. आवेदन फाराम कहाँ उपलव्ध हुन्छ ?

यस योजनाको आवेदन फाराम ठमेलस्थित कोषको निवृत्तभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा बिभाग,  कोषका सबै शाखा कार्यालयहरु र कोषको Website बाट लिन सकिन्छ ।

फारम डाउनलोड गर्नको लागि तलको लिंकमा क्लिक गर्नहुन अनुरोध छः

https://epf.org.np/resource/7

थप जानकारीको लागिः

Call Center: 015970041

इमेल: [email protected]

Website: epf.org.np

Latest News

wpChatIcon
wpChatIcon