कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo
...

घर सापटी

House Loan
प्रयोजन :
  • घर निर्माण गर्ने,
  • घरजग्गा खरिद गर्न,
  • तल्ला थप गर्न ।
 सीमा: 
  • दश वर्षसम्म सेवा अवधि बाँकी  रहेको अवस्थामा दश वर्षको तलबमान बराबरको रकम
  • दश वर्ष भन्दा बढी सेवा अवधि बाँकी रहेको अवस्थामा पन्ध्र वर्षको तलबमान बराबरको रकम ।
  • बाँकी सेवा अवधिको अधारमा तलवमानबाट कायम रकम र धितो मूल्यांकनबाट कायम हुने रकममा जुन कम हुन्छ सोहि रकम सापटीको अधिकतम सीमा कायम हुने ।
  • सापटीको अधिकतम सीमा रु. १ करोड भन्दा बढी नहुने
सापटी प्राप्त गर्ने योग्यता   : 
  • कम्तीमा २ बर्ष नियमित कोष कट्टी रकम जम्मा गरेको,
  • कोष कट्टी नियमित रहेको,
  • अवकाश हुन न्यूनतम २ बर्ष सेवा अवधि बाँकी रहेको ।
धितो  :
  • सञ्चयकर्ता स्वयम् वा निजको पति/पत्नी वा दुवैजनाको संयुक्त नाममा भएको कोषले तोकेको क्षेत्र भित्रको घरजग्गा । 
बाटोको मापदण्डः
  • काठमाडौं उपत्यकाको हकमा कम्तीमा आठ फिट,
  • काठमाडौं उपत्यका बाहिरको हकमा कम्तीमा बाह्र फिट ।
धितो रहने जग्गाको न्युनतम क्षेत्रफल (मूल्याङ्कनबाट कायम हुने) :
  • महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्रको हकमा साढे दुई आना वा पाँच धुर, 
  • गाँउपालिका भित्रको जग्गाको हकमा चार आना वा साढे सात धुर ।
सापटी उपयोग गर्नुपर्ने अबधिः
  • सापटी स्वीकृति मितिले छ महिनाभित्र पहिलो किस्ता उपयोग नगरेमा स्वतः रद्द हुने,
  • पहिलो किस्ता लिएको मितिले २ बर्ष भित्रमा स्विकृत सापटी उपभोग गरि सक्नुपर्ने छ । 
शुल्कः
  • व्यवस्थापन शूल्क – दुई हजार रुपैयाँ  (फिर्ता नहुने)
  • मूल्याङ्कन शूल्क – पाँच हजार रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) र थप सापटी प्रवाह गर्ने प्रयोजनको लागि प्रत्येक पटकको  दुई हजार रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) मात्र ।
  • काठमाण्डौं उपत्यका (काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला) र कोषको कार्यालय रहेको जिल्ला बाहेक अन्य जिल्लामा गई धितोको मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्दा थप एक हजार रुपैयाँ मात्र । (मूल्य अभिबृद्धि कर बाहेक)
निवेदन साथ संलग्न हुनुपर्ने कागजातहरुः
  • सञ्चयकर्ताको कार्यालयबाट सिफारिस भएको घर सापटी आवेदन फाराम
  • एकासगोलको श्रीमान/श्रीमति, साबालक छोरा, छोरीको नागरिकताको प्रमाणित प्रतिलिपि 
  • कोषको परिचय पत्र र KYC विवरणको प्रमाणित प्रतिलिपि,
  • नाता खुल्ने प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  • तलवमान र अवकाश मिति खुलेको सक्कल पत्र, 
  • जग्गाधनी प्रमाणपूर्जा प्रतिलिपि, 
  • घरजग्गा प्राप्तिको स्वामित्व सम्वन्धी लिखत
  • कोषको नाममा जारी भएको धितो रहने घरजग्गाको नापी नक्सा तथा ट्रेस पेपरको सक्कल प्रति, (बढीमा तीस दिन अघी जारी भएको)
  • स्थानीय तहबाट जारी भएको बाटो खुलेको चारकिल्लाको सक्कल पत्र (बढीमा तीस दिन अघी जारी भएको)
  • चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिदको प्रमाणित प्रतिलिपि,
  • स्थानीय तहबाट घर बाटो स्पष्ट हुने गरी घर बनाउन दिएको स्वीकृत पत्र 
  • घरको नक्साको प्रमाणित प्रतिलिपि (Ite Plan/lEevation Plan सहित),
  • निर्माण सम्पन्न वा आंशिक निर्माण सम्पन्न प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, (निर्माण अवधि समाप्त भैसकेको भएमा)
  • घरजग्गा खरिदको हकमा खरिदकर्ता र बिक्रेता बीच हुने अनुसूची–२ बमोजिमको सम्झौता पत्र र स्थानीय तहमा दर्ता भएको बैना कागजको प्रमाणित प्रतिलिपि,
  • सञ्चयकर्ताको एकासगोलको घर, जग्गा, शेयर, ऋणपत्र, बैंक वित्तीय संस्थामा रहेको नगद, कर्जा लगायतको सम्पत्ति तथा दायित्वको विवरण । 
  • धितो रहने जग्गाको सिमाना र बाटो समेत देखिने गरी हालसालै खिचेको फोटो,
  • कोषले आवश्यक ठानेको अन्य कागजात ।

जग्गा/घरजग्गाको धितोमा आधारित सापटी प्रवाह प्रयोजनको लागि धितो लिन सकिने क्षेत्रहरु [click here]

wpChatIcon
wpChatIcon