Healthcare Plan

कोषले २०७० साल बैशाखदेखि ‘सञ्चयकर्ता औषधोपचार योजना’ कार्यान्वयन गरेकोमा वि.सं. २०७६ मंसिर १ देखि कोषले नै यो कार्यक्रम व्यवस्थापन गर्दै आएको छ । यस अन्तर्गत सञ्चयकर्ता वा निजको पति/पत्नी अस्पताल भर्ना भई उपचार गरेको खर्च रकमको शोधभर्ना प्राप्त हुनेछ । अस्पताल भर्ना भएको मितिमा कम्तीमा छ महिना कोषकट्टी भएका सञ्चयकर्ता वा निजको हकवालाले यो सुविधा प्राप्त गर्नेछन् ।
(ख) प्राप्त हुने सुविधाः
एक आर्थिक वर्षमा दुई पटक नबढ्ने गरी अस्पताल भर्ना भई उपचार गरेका सञ्चयकर्ता वा निजको पति/पत्नीलाई साधारण रोगको उपचारमा १ लाख रुपैयाँसम्म तथा घातक रोगको उपचारमा सेवा अवधि भरमा १० लाख रुपैंयाँमा नबढ्ने गरी दावी गरेको खर्च रकमसम्म रुपैयाँसम्म सोधभर्ना दिने व्यवस्था गरिएको छ ।
(ग) प्रकृयाः
सञ्चयकर्ता वा निजको हकवालाले अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिना र विरामीको मृत्यु भएको हकमा तीन महिनाभित्र कोषको वेबसाईटमा रहेको दावी फारम भरी कोषको ठमेलस्थित निवृत्तभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग र सबै शाखा कार्यालय तथा सेवा केन्द्रमार्फत यो सुविधा लिन सकिन्छ ।
नयाँ व्यवस्था बमोजिमको अस्पतालहरुको सूची समेत कोषको वेबसाइटमा रहेको र सो सूचीमा उल्लिखित अस्पतालहरुमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध हुनेछ ।
(घ) आवश्यक कागजातहरुः
(१) रीतपुर्वक भरिएको अनुसूची–५ र अनुसूची– ५क बमोजिमको दावी फारम,
(२) उपचारको क्रममा सेवानिबृत्त सञ्चयकर्ताको हकमा अवकाश भएको पत्रको प्रतिलिपि¸
(३) अस्पताल भर्ना OPD (Out Patient Department) / Emergency Card को प्रतिलिपि, Cardex को प्रतिलिपि (अस्पतालको छाप सहित) र Discharge Summary को सक्कल प्रति (अस्पतालको छाप सहित),
(४) Prescription बमोजिम रोग परीक्षण, Pathology र चिकित्सकको सिफारिस बमोजिमको रोग निदान (Diagnosis) का रिपोर्टहरु,
(५) अस्पताल भर्ना र Discharge अवधि भित्र विरामीको नाममा जारी भएका, स्थाई लेखा नम्बर (Permanent Account Number -PAN) र छाप भएको उपचार खर्चतथा औषधिको System Generated सक्कल कर बिजकहरु,
(६) सञ्चयकोष परिचयपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि,
(७) सञ्चयकर्ताको पति/पत्नीको उपचार गरेको भएमा निजको नागरिकताको प्रतिलिपि,
(८) सञ्चयकर्ताको पति वा पत्नीको उपचार गरेकोमा विबाह दर्ता वा नाता खुल्ने प्रमाणितपत्र
(९) उपचारको क्रममा मृत्यु भएको सञ्चयकर्ता वा सञ्चयकर्ताको पति/पत्नीको हकमा मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणित पत्रको प्रतिलिपि तथा हकवालाको नागरिकता वा राहदानी वा सरकारी निकायबाट जारी भएको फोटो सहितको परिचय खुल्ने परिचय पत्रकोप्रतिलिपि,
(१०) सञ्चयकर्ता वा निजको पति/पत्नीआफैले चलाएको सवारी साधन दुर्घटना भई उपचार गराउँदाको अवस्थामा सवारी चालक अनुमति पत्रको प्रतिलिपि,
(११) Credit Billको हकमा Credit Clearance Statement,
(१२) Road Traffic Accident/RTAको हकमा प्रहरी प्रतिवेदन र मिलापत्रको प्रतिलिपि
(१३) आवश्यक थप कागजातहरु ।
(ङ) योजना अन्तर्गत शोधभर्ना नहुने खर्च तथा अवस्था
(१) अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिना र विरामीको मृत्यु भएको हकमातीन महिनाभित्र कोषमा पेश हुन नआएको दावी खर्च,
(२) रोजगारदाता वा अस्पताल वा तेस्रो पक्षले उपचारमा दिएको वा बीमा वापत पाएको सुविधा वा छुट रकम,
(३) विरामीको नाम उल्लेख नभएको वा थप गरिएको वा विवरण सच्याईएको वा स्थाई लेखा नम्वर (PAN) उल्लेख नभएको वा मुल्य अभिबृद्धि करमा दर्ता नभएको औषधि पसलबाट खरिद गरेको औषधिको कर बीजक अनुरुपको खर्च,
(४) प्रतिलिपि कर बीजक (Copy Bill, Copy of Original or Re-print, Invoice Date र Print Date फरक परेका कर बीजक) को खर्च,
(५) अस्पताल भर्ना हुनु अघि र Discharge मितिपछि जारी गरिएको कर बीजकको खर्च,
(६) दीर्घ रोगका हकमा अस्पतालमा उपचारको समयमा भएका बाहेक नियमितरुपमा सेवन गर्नुपर्ने औषधिहरुको खर्च ।
(७) चिकित्सकको Prescription मा उल्लेख नभएको औषधि समावेश गरी खरिद गरेको कर बीजकको खर्च,
(८) Emergency कक्षमा मात्र उपचार गराई सोही दिन घर फर्केको अवस्थामा त्यस्तो उपचारमा भएको खर्च,
(९) अस्पतालबाट जारी भएको System Generated बाहेकको कर बीजकको खर्च,
(१०) फार्मेसीबाट जारी भएको System Generated बाहेकको कर बीजकको खर्च,
(११) फार्मेसी वा औषधि पसलको छाप नभएको कर बीजकको खर्च,
(१२)दुर्घटनाको कारण सृजना भएको अवस्था बाहेक अन्य कारणले दाँतको उपचार वा अपरेशन गर्दा भएको खर्च,
(१३) लागू पदार्थ वा मादक पदार्थ सेवन वा अनधिकृत तवरबाट औषधिको सेवनको कारण सिर्जित रोग तथा चोटपटकको उपचार खर्च,
(१४) दुई मुलुक बीच भएको घोषित वा अघोषित लडाई¸ आम हड्ताल, हुलदंगा आदीमा सहभागी भएको कारणले घाईते भई गरिएको उपचार खर्च,
(१५) योजनामा उल्लेख भएको सीमा बाहेकको अन्य खर्च,
(१६) आयुर्वेदिक वा होमियोपेथिक औषधि र उपचार उपकरणमा भएको खर्च,
(१७) साधारण मेडिकल चेकअप गर्दा भएको खर्च र छाला सम्बन्धी एलर्जीको उपचार गर्दा भएको खर्च,
(१८) तौल घटाउन वा बढाउन प्रयोग हुने औषधि, सौन्दर्य बढाउन गरिने उपचार तथा सर्जरी, मानसिक रोग र सात दिन भन्दा बढिको फिजियोथेरापी गर्दा भएको खर्च,
(१९) महामारी प्रकृतिको रोगको उपचार गर्दा भएको खर्च,
(२०) अनुसूची १ मा उल्लेख भएको बाहेक अन्य अस्पतालमा गरेको उपचार खर्च¸
(२१) अस्पताल भर्ना भएको मिति भन्दा कम्तीमा तीन महिना अघि देखि कोषकट्टी रकम नियमित नभएमा ।
(२२) आँखाको सामान्य जाँच गर्दा, चस्मा खरिद गर्दा, श्रवण उपकरण खरिद गर्दा वा Cosmetic Surgery गर्दा भएको खर्च र गर्भवती तथा प्रसुतिसँग सम्बन्धित उपचार खर्च ।
- अस्पतालको सूचीको लागि यहाँ क्लिक गर्नुहोस् ।
- स्वास्थ्य उपचार शोधभर्ना दावी फाराम डाउनलोड गर्नको लागि यहाँ (https://epf.org.np/resource/7) क्लिक गर्नुहोस् ।