Call Center Phone

+977-01-5970041

Call Center Email

[email protected]

EPF Logo
...

Easy Loan

Easy Loan

उद्देश्य:

  • सामाजिक कार्य लगायत अन्य भैपरी आउने कार्यको लागि ।

सीमा:

  • दश वर्षसम्म सेवा अवधि बाँकी रहेको अवस्थामा दश वर्षको तलबमान बराबरको रकम,
  • दश वर्ष भन्दा बढी सेवा अवधि बाँकी रहेको अवस्थामा पन्ध्र वर्षको तलबमान बराबरको रकम,
  • बाँकी सेवा अवधिको अधारमा तलवमानबाट कायम रकम र धितो मूल्यांकनबाट कायम हुने रकममा जुन कम हुन्छ सोहि रकम सापटीको अधिक्तम सीमा कायम हुने,
  • सापटीको अधिकतम सीमा रु. ६० लाख भन्दा बढी नहुने ।

सापटी प्राप्त गर्ने योग्यता:

  • कम्तीमा २ बर्ष नियमित कोष कट्टी रकम जम्मा गरेको
  • कोष कट्टी नियमित रहेको ।
  • अवकाश हुन न्यूनतम २ बर्ष सेवा अवधि बाँकी रहेको ।

धितोः

  • सञ्चयकर्ता स्वयम् वा निजको पति/पत्नी वा दुवैजनाको संयुक्त नाममा भएको जग्गा/ घरजग्गा,
  • कोषले तोकेको क्षेत्र भित्रको जग्गा/घरजग्गा ।

बाटोको मापदण्डः

  • काठमाडौं उपत्यकाको हकमा घर समेत धितो रहने भएमा कम्तीमा आठ फिट,
  • जग्गा मात्र धितो रहने भएमा कम्तीमा बाह्र फिट,
  • काठमाडौं उपत्यका बाहिरको हकमा कम्तीमा बाह्र फिट ।

धितो रहने जग्गाको न्युनतम क्षेत्रफल (मूल्याङ्कनबाट कायम हुने):

  • महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्रको हकमा साढे दुई आना वा पाँच धुर,
  • गाँउपालिका भित्रको जग्गाको हकमा चार आना वा साढे सात धुर ।

सापटी उपयोग गर्नुपर्ने अबधि

  • सापटी स्वीकृति मितिले छ महिनाभित्र पहिलो किस्ता उपयोग नगरेमा स्वतः रद्द हुने ।

शुल्कः

  • व्यवस्थापन शूल्क – दुई हजार रुपैयाँ (फिर्ता नहुने)
  • मूल्याङ्कन शूल्क – पाँच हजार रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) र थप सापटी प्रवाह गर्ने प्रयोजनको लागि प्रत्येक पटकको दुई हजार रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) मात्र
  • काठमाण्डौं उपत्यका (काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला) र कोषको कार्यालय रहेको जिल्ला बाहेक अन्य जिल्लामा गई धितोको मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्दा थप एक हजार रुपैयाँ मात्र (मूल्य अभिबृद्धि कर बाहेक) ।

निवेदन साथ संलग्न हुनुपर्ने कागजातहरुः

  • सञ्चयकर्ताको कार्यालयबाट सिफारिस भएको सरल सापटी आवेदन फाराम,
  • एकासगोलको श्रीमान/श्रीमति, साबालक छोरा, छोरीको नागरिकताको प्रमाणित प्रतिलिपि,
  • कोषको परिचय पत्र र KYC विवरणको प्रमाणित प्रतिलिपि,
  • नाता खुल्ने प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
  • तलवमान र अवकाश मिति खुलेको सक्कल पत्र,
  • जग्गाधनी प्रमाणपूर्जा प्रतिलिपि,
  • जग्गा/घरजग्गा प्राप्तिको स्वामित्व सम्वन्धी लिखत,
  • कोषको नाममा जारी भएको धितो रहने घरजग्गाको नापी नक्सा तथा ट्रेस पेपरको सक्कल प्रति, (बढीमा तीस दिन अघी जारी भएको),
  • स्थानीय तहबाट जारी भएको बाटो खुलेको चारकिल्लाको सक्कल पत्र (बढीमा तीस दिन अघी जारी भएको),
  • चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिदको प्रमाणित प्रतिलिपि,
  • घर समेत धितो रहने भएमा स्थानीय तहबाट घर बाटो स्पष्ट हुने गरी घर बनाउन दिएको स्वीकृत पत्र,
  • घर समेत धितो रहने भएमा घरको नक्साको प्रमाणित प्रतिलिपि (Ite Plan/lEevation Plan सहित),
  • घर समेत धितो रहने भएमा निर्माण सम्पन्न वा आंशिक निर्माण सम्पन्न प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (निर्माण अवधि समाप्त भैसकेको भएमा),
  • सञ्चयकर्ताको एकासगोलको घर, जग्गा, शेयर, ऋणपत्र, बैंक वित्तीय संस्थामा रहेको नगद, कर्जा लगायतको सम्पत्ति तथा दायित्वको विवरण,
  • धितो रहने जग्गाको सिमाना र बाटो समेत देखिने गरी हालसालै खिचेको फोटो,
  • कोषले आवश्यक ठानेको अन्य कागजात ।

जग्गा/घरजग्गाको धितोमा आधारित सापटी प्रवाह प्रयोजनको लागि धितो लिन सकिने क्षेत्रहरु [click here]

wpChatIcon
wpChatIcon